काठमाडौं : माछापुच्छ्रे बैंकले एक करोड बढी कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको छ । बैंकले विद्यमान संस्थापक शेयरधनी र अन्य व्यक्ति तथा संस्थाहरूले समेत खरीद गर्न पाउने गरी एक करोड १२ लाख ३२ हजार ४९२ कित्ता शेयर बिक्रीमा ल्याएको हो ।
बैंकको शेयरमूल्य प्रतिकित्ता १५० रूपैयाँ तोकिएको छ । उक्त शेयर खरीद गर्न इच्छुक लगानीकर्ताहरूले आवश्यक कागजातसहित आगामी ३५ दिनभित्र बैंकको सुन्धारा स्थित माछापुच्छ्रे क्यापिटलको शेयर विभागमा गई आफूले खरिद गर्न चाहेको शेयर कित्ता र रेट उल्लेख गरी गोप्य सिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।
Advertisment