एनएमबि बैंक र युएसएआईडीद्वारा विराटनगरमा उद्यमीहरूका लागि डिजिटल वित्तीय साक्षरता आयोजना

एनएमबि बैंक र युएसएआईडीद्वारा विराटनगरमा उद्यमीहरूका लागि डिजिटल वित्तीय साक्षरता आयोजना

काठमाडौं : एनएमबि बैंकले संयुक्त राज्य अमेरिकाको एजेन्सी फर इन्टरनेशनल डेभलपमेन्ट (युएसएआईडी) सँगको सहकार्यमा विराटनगरमा साना तथा मझौला उद्यम तथा लघु, साना तथा मझौला उद्यमहरू वृद्धि गर्ने उद्देश्यले डिजिटल वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ ।

Sponsored Advertisement

उद्यमीहरूलाई डिजिटल भुक्तानी प्रणालीको निर्णायक भूमिका र व्यवसायको वृद्धि र दिगोपन बढाउन उपलब्ध विभिन्न सेवाहरू र मार्केटिङ प्रविधिहरूबारे जानकारी गराउनमा कार्यक्रम केन्द्रित थियो ।

सो कार्यक्रममा विभिन्न उद्योगहरूबाट ११० भन्दा बढी सहभागीहरू सक्रिय रूपमा छलफलमा संलग्न थिए । 

एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १७१ एटिएमहरु र १२ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।