Below Menu
Below Menu

मर्जरपछि सनराइज र लक्ष्मी क्यापिटलको एकीकृत कारोबार एलएस क्यापिटलबाट शुरु 

मर्जरपछि सनराइज र लक्ष्मी क्यापिटलको एकीकृत कारोबार एलएस क्यापिटलबाट शुरु 

काठमाडौं :  सनराइज क्यापिटल र लक्ष्मी क्यापिटल मार्केटले पुस २३ अर्थात सोमबारदेखी एकीकृत कारोबार शुरु गरेका छन् । कम्पनीहरु एक आपसमा गाभिई एलएस क्यापिटलको नामबाट कारोबारको शुभारम्भ गरेका हुन् । 

लएस क्यापिटलले कम्पनी रजिष्ट्रारको कार्यालयबाट मंसिर २९ गते लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडको नाममा कारोबार गर्ने स्वीकृति प्राप्त गरी आजदेखि समस्त ग्राहक वर्गलाई थप सशक्त रुपमा सेवा सुविधा उपलब्ध गराउने लक्ष्य लिएको जनाएको छ ।

आज कम्पनीको प्रधान कार्यालय नयाँ बानेश्वरमा आयोजना गरिएको एक समारोहमा साबिक लक्ष्मी क्यापिटल मार्केटका अध्यक्ष सुमेद भट्टराई र सनराइज क्यापिटलका अध्यक्ष अपछ कुमार यादवले एकिकृत कारोबार प्रारम्भ भएको घोषणा गरेका छन् ।

विगत तीन दशकदेखि पुँजी बजारको उत्थानमा समर्पित यस मर्चेण्ट बैंकले आफ्ना समस्त ग्राहक वर्गलाई उच्चतम सेवा उपलब्ध गराउँदै आईरहेको र दुई कम्पनी गाभिए पश्चात नवीनतम सेवा सुबिधाका साथ छुट्टै पहिचान स्थापित गर्ने लक्ष्य रहेको छ ।

मर्जर पश्चात राजिव सापकोटाले अध्यक्षको पदभार ग्रहण गरेका छन् भने बिजय लाल श्रेष्ठले प्रमुख कार्यकारी अधिकृत पदको जिम्मेवारीलाई निरन्तरता दिएका छन् ।

साथै, मर्जर पश्चात कम्पनीले हाल गर्दै आएको मर्चेन्ट बैंकिङ तथा इन्भेष्टमेन्ट बैंकिङ व्यवसायमा प्रविधिको माध्यमबाट आधुनिकीकरण गरी आफ्ना सेवाहरुको विस्तार गर्ने र सकारात्मक सोचका साथ आफ्ना सेवाहरुलाई अझ सुदृढ र सशक्त रूपमा विस्तार गर्दै धितोपत्र बजारमा आफ्नो विशिष्ट पहिचान बनाउन सकिने विश्वास क्यापिटलले लिएको छ ।

 


 

Advertisment

थप समाचार