Below Menu
Below Menu

सिटिजन्स बैंकको ७० हजार ४९० कित्ता शेयर सर्वसाधारणका लागि बिक्री, १५० रुपैयाँमै किन्न सकिने 

सिटिजन्स बैंकको ७० हजार ४९० कित्ता शेयर सर्वसाधारणका लागि बिक्री, १५० रुपैयाँमै किन्न सकिने 

काठमाडौं : सिटिजन्स बैंकले ७० हजार ४९० दशमलव ६१ कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको छ । बैंकले प्रतिशेयर १५० रूपैयाँ अंकित मूल्यमा अन्य व्यक्ति तथा संस्थाहरूले समेत खरीद गर्न पाउने गरी बिक्रीमा ल्याएको हो ।

यसअघि विद्यमान संस्थापक शेयरधनीका लागि बिक्री खुला गरेकोमा तोकिएको समयम आवेदन नपरेपछि बैंकले अन्य व्यक्ति तथा संस्थाहरूमा बिक्री खुला गरेको हो ।

उक्त शेयर खरीद गर्न इच्छुक लगानीकर्ताहरूले आवश्यक कागजातसहित आगामी ३५ दिनभित्र बैंकको केन्द्रिय कार्यालय नारायणहिटी पथ, काठमाडौंमा आवेदन दिनुपर्नेछ ।

Advertisment

थप समाचार