Below Menu
Below Menu

सुदुरपश्चिममा मात्र एक खर्ब ५१ अर्ब कर्जा प्रवाह, सहुलियतपुर्ण कर्जा घट्यो !

सुदुरपश्चिममा मात्र एक खर्ब ५१ अर्ब कर्जा प्रवाह, सहुलियतपुर्ण  कर्जा घट्यो !

काठमाडौं : सुदुरपश्चिम प्रदेशमा आर्थिक वर्ष २०७९/८० मा बैंक तथा वित्तीय संस्थाबाट साढे एक खर्ब कर्जा प्रवाह भएको राष्ट्र बैकले जनाएको छ ।

राष्ट्र बैंकले सार्वजनिक गरेको सुदुरपश्चिम प्रदेशको आर्थिक गतिविधि अध्ययन प्रतिवेदन अनुसार यस अवधिमा प्रदेशबाट १ खर्ब ५१ अर्ब ७१ करोड २९ लाख रुपैयाँ कर्जा प्रवाह भएको हो । पुगेको छ ।

असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाबाट सुदूरपश्चिम प्रदेशमा बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कुल कर्जा २०७९ असार मसान्तको तुलनामा १.५० प्रतिशतले बढेको हो ।गत वर्षको सोही अवधिमा यस्तो कर्जा १७.४२ प्रतिशतले वृद्धि भएको थियो ।

यस अवधिमा बैंक तथा वित्तीय संस्थाबाट सुदूरपश्चिम प्रदेशमा बैंक तथा वित्तीय संस्थाले संकलन गरेको कुल निक्षेप २०७९ असार मसान्तको तुलनामा १६.०९ प्रतिशतले बढ्न गई रु. १ खर्ब ३४ अर्ब २६ करोड २० लाख पुगेको राष्ट्र बैंकले जनाएको छ । गत वर्ष सोही अवधिमा यस्तो निक्षेप ५.८६ प्रतिशतले वृद्धि भएको थियो ।

समीक्षा वर्षसम्ममा बैंक तथा वित्तीय संस्थाहरुले संकलन गरेको निक्षेपमा कैलालीमा सबैभन्दा बढी अर्थात् ४७.२८ प्रतिशत र बाजुरामा सबैभन्दा कम अर्थात् २.५० प्रतिशत रहेको छ ।

त्यसैगरी, समीक्षा वर्षसम्ममा अध्ययन क्षेत्रका बैंक तथा वित्तीय संस्थाहरुले प्रवाह गरेको कुल कर्जामा कैलाली सबैभन्दा बढी अर्थात् ६८.७९ प्रतिशत र बाजुरामा सबैभन्दा कम अर्थात् ०.९८ प्रतिशत प्रतिशत रहेको छ ।

वित्तीय समावेशीता तथा विविध कर्जामा असार मसान्तसम्म कुल निक्षेपकर्ताको संख्या २०७९ असार मसान्तको तुलनामा १३.७७ प्रतिशतले बढ्न गई ३४ लाख ३६ हजार ६ सय ७३ पुगेको छ भने कुल ऋणीको संख्या गत आवको तुलनामा ७.६० प्रतिशतले घट्न गई ९९ हजार ७ सय ६१ पुगेको देखिन्छ ।

असार मसान्तसम्म विपन्न वर्गको कर्जा गत असार मसान्तको तुलनामा ३.० प्रतिशतले घट्न गई ११ अर्ब ७१ करोड पुगेको छ । गत वर्ष सोही अवधिमा यस्तो कर्जा ४.४३ प्रतिशतले वृद्धि भएको थियो ।

सहुलियतपूर्ण कर्जा ८.३९ प्रतिशतले घट्यो 

राष्ट्र बैंकका अनुसार २०८० असार मसान्तसम्म सहुलियतपूर्ण कर्जा २०७९ असार मसान्तको तुलनामा ८.३९ प्रतिशतले घट्न गई ९ अर्ब ६७ करोड पुगेको छ । गत वर्ष सोही अवधिमा यस्तो कर्जा ४०.२४ प्रतिशतले वृद्धि भएको थियो । पुनरकर्जा भने समीक्षा वर्षमा प्रवाह भएको छैन् ।

क्षेत्रगत कृषि कर्जातर्फ असार मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रदेशमा कृषिमा प्रवाहित कर्जा १६ अर्ब ७४ करोड ८४ लाख पुगेको छ । जुन २०७९ असार मसान्तको तुलनामा १०.०० प्रतिशतले बढी हो  ।गत वर्षको सोही अवधिमा यस्तो कर्जा २६.०० प्रतिशतले वृद्धि भएको थियो । 

समीक्षा वर्षमा कुल कृषि कर्जामध्ये सबैभन्दा बढी अन्य कृषि तथा सिंचाई क्षेत्रमा भएको विस्तार (हजार हेक्टरमा) कूल सिंचित क्षेत्रफल कूल खेतीयोग्य क्षेत्रफल खेती गरिएको क्षेत्रफल ज्ञद्ध कृषिजन्य सेवामा २२.२६ प्रतिशत प्रवाह भएको छ भने सबैभन्दा कम ०.००३ प्रतिशत सनपाट शीर्षकमा प्रवाह भएको छ ।

यस प्रदेशमा प्रवाहित कुल कर्जामध्ये कृषि क्षेत्रतर्फ प्रवाहित कर्जाको अंश ११.०४ प्रतिशत रहेको छ । कृषि क्षेत्रमा प्रवाहित कर्जामध्येकैलाली जिल्लाको अंश ६६.१२ प्रतिशत, कञ्चनपुरको २०.४७ प्रतिशत, डडेलधुरा, डोटी, दार्चुला, बझाङ, अछाम, बैतडी, तथा बाजुराको अंश क्रमशः ३.५२ प्रतिशत, २.२० प्रतिशत, १.९३ प्रतिशत, १.८९ प्रतिशत, १.५५ प्रतिशत, १.४१ प्रतिशत र ०.९० प्रतिशत रहेको छ ।

यस अवधिमा बैंक तथा वित्तीय संस्थाहरुले औद्योगिक क्षेत्रमा रु.२६ अर्ब ८९ करोड २ लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । जन गत आवको सोही अवधिको तुलनामा ४.७० प्रतिशतले बढी हो । गत वर्षको सोही अवधिमा यस्तो कर्जा ४.२१ प्रतिशतले घटेको थियो ।

कुल प्रवाहित कर्जामध्ये औद्योगिक क्षेत्रमा प्रवाहित भएको कर्जाको अंश १७.७२ प्रतिशत रहेको छ । समीक्षा वर्षसम्ममा कुल औद्योगिक कर्जामध्ये खानी सम्बन्धी उद्योगमा प्रवाहित कर्जा सबैभन्दा बढी ३०.३२ प्रतिशतले वृद्धि भएको छ भने विद्युत, ग्यास तथा पानी सम्बन्धी उद्योगमा सबैभन्दा बढी ७.७१ प्रतिशतले ह्रास आएको छ ।

कुल औद्योगिक कर्जामध्ये कृषि, वन तथा पेय पदार्थ उत्पादन सम्बन्धी उद्योगमा ४०.८४ प्रतिशत, गैर खाद्यवस्तुसम्बन्धी उद्योगमा २९.७८ प्रतिशत, निर्माण सम्बन्धी उद्योगमा २०.५७ प्रतिशत, धातुको उत्पादन, मेसिनरी तथा इलेक्ट्रोनिक उद्योगमा ६.९६ प्रतिशत, विद्युत, ग्याँस तथा पानी उद्योगमा १.१० प्रतिशत र खानीसम्बन्धी उद्योगमा ०.७५ प्रतिशत अंश रहेको छ । 

यस प्रदेशमा प्रवाह भएको कुल औद्योगिक कर्जामध्ये कैलालीमा अंश सबैभन्दा बढी ७८.४८ प्रतिशत रहेको छ भने बझाङमा सबैभन्दा कम ०.३१ प्रतिशत रहेको छ । यसैगरी, कञ्चनपुर, डडेल्धुरा, डोटी, दार्चुला, अछाम, बैतडी तथा बाजुराको अंश क्रमशः १६.५६ प्रतिशत, १.६० प्रतिशत, १.०४ प्रतिशत, ०.४२ प्रतिशत, ०.६९ प्रतिशत, ०.५२ प्रतिशत र ०.३८ प्रतिशत रहेको छ ।

बैंक तथा वित्तीय संस्थाहरुले सेवा क्षेत्रमा १ खर्ब ८ अर्ब ७ करोड ४२ लाख कर्जा प्रवाह गरेका छन् । जुन २०७९ असार मसान्तको तुलनामा ०.४४ प्रतिशतले बढेको हो । गत वर्षको सोही अवधिमा यस्तो कर्जा २५.८५ प्रतिशतले वृद्धि भएको थियो ।

कुल प्रवाहित कर्जामध्ये सेवा क्षेत्रमा गएको कर्जाको अंश ७१.२४ प्रतिशत रहेको छ । कुल सेवा क्षेत्र कर्जामध्येथोक तथा खुद्रा विक्रेतासम्बन्धी व्यवसायमा ४६.५५ प्रतिशत, उपभोग्य कर्जामा २७.७७ प्रतिशत, अन्य व्यवसायमा प्रवाहित कर्जा ९.३१ प्रतिशत, पर्यटनमा ३.१८, यातायात भण्डारण र संचारमा २.४३ प्रतिशत, वित्त, बीमा तथा अचल सम्पतिमा १.८३ प्रतिशत, शिक्षा क्षेत्रमा ३.२६ प्रतिशत, रियल स्टेटमा ३.१८ प्रतिशत, अन्य सेवा व्यवसायमा १.२४ प्रतिशत र स्वास्थ्य र अन्य सामाजिक कार्यमा १.२५ प्रतिशत अंश रहेको छ ।

सेवा क्षेत्रको कर्जामध्ये कैलालीमा ६६.८० प्रतिशत, कञ्चनपुरमा १९.७२ प्रतिशत, डडेलधुरा, डोटी, अछाम, दार्चुला, बझाङ, बैतडी, तथा बाजुरा जिल्लाको अंश क्रमशः ३.२४ प्रतिशत, २.२४ प्रतिशत, २.२१ प्रतिशत, १.५७ प्रतिशत, १.६४ प्रतिशत, १.४३ प्रतिशत र १.१४ प्रतिशत रहेको छ ।


 

Advertisment

थप समाचार