Below Menu
Below Menu

प्रभु इन्स्योरेन्सकाे सिईओमा बज्राचार्यलाई निरन्तरता 

प्रभु इन्स्योरेन्सकाे सिईओमा बज्राचार्यलाई निरन्तरता 

काठमाडौं : प्रभु इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा सञ्चित बज्राचार्य नियुक्त भएका छन् । आगामी माघ १ गतेदेखि लागु हुनेगरी उनी पुन सिईओमा नियुक्त भएका हुन् ।

कम्पनीको सञ्चालक समितिको ४३० औं बैठकले बीमा ऐन २०७९का अनुसार बज्राचार्यलाई सिईओमा दोहोर्याउने निर्णय गरेको हो ।

बीमा क्षेत्रमा करिब दुई दशक बिताएका उनलाई आगामी चार वर्षको कार्यकालका लागि कम्पनीको सिईओमा निरन्तरता दिईएको हो ।  त्रिभुवन विश्व विद्यालयबाट एमबिए गरेका उनी बीमाका साथै आर्थिक क्षेत्रका पनि दक्ष व्यक्ति मानिन्छन् । 

Advertisment

थप समाचार