Below Menu
Below Menu

ट्रेजरीमार्फत १७ अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउँदै सरकार 

ट्रेजरीमार्फत १७ अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउँदै सरकार 

काठमाडौं : सरकारले ट्रेजरी बिल मार्फत १७ अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउने भएको छ । सोमबार २० अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्न लागेको राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले जनाएको छ ।

राष्ट्र बैंकले ८ अर्ब अर्ब रुपैयाँ बराबरको ९१ दिने र ६ अर्ब रुपैयाँ बराबरको १८२ दिन अवधिको ट्रेजरी बिल नविकरण गर्न लागेको हो भने १ड२ दिन अवधिका लागि ३ अर्ब रुपैयाँ बराबरको नयाँ ट्रेजरी बलि जारी गर्न लागेको हो । 

बैंकका अनुसार ९१ दिन अवधिको ट्रेजरी चैत २७ गते र १८२ दिन अवधिको २०८१ असार २६ गते परिपक्क हुनेछ ।

उक्त ट्रेजरी बिलको बोलकबोल सोमबार दिँउसो ३ बजे हुने छ । मंगलबार बाँडफाँट हुनेछ । यसअघि बैंकले ७ अर्ब ७५ अर्ब रुपैयाँ बराबरको ९१ दिने र ५अर्ब रुपैयाँ बराबरको १८२ दिने र सात अर्ब ५० करोड रुपैयाँ बराबरको ३६४ दिन अवधिको ट्रेजरी बिल नविकरण गरेको थियो ।

Advertisment

थप समाचार