Below Menu
Below Menu

कुमारी बैंकबाट बाहिरिए चार शेयरधनी, ६६ हजार ७६९ कित्ता शेयर बिक्रीमा 

कुमारी बैंकबाट बाहिरिए चार शेयरधनी, ६६ हजार ७६९ कित्ता शेयर बिक्रीमा 

काठमाडौं : कुमारी बैंकको ६६ हजार कित्ता बढी संस्थापक शेयर बिक्रीमा आएको छ । बैंकहरुले संस्थापक शेयरधनीको नाममा रहेको ६६ हजार ७६९ कित्ता शेयर विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी विक्रीमा ल्याएको हो ।

बैंकले चार जना शेयरधनीको नाममा रहेको शेयर बिक्रीमा ल्याएको हो । बैंकको शेयर खरीद गर्न इच्छुक संस्थापक शेयरधनीहरूले आवश्यक कागजात सहित आगामी ३५ दिनभित्र आवेदन पेश गर्नुपर्नेछ । 

शेयर खरिदका लागि कम्पनीको प्रधान कार्यालय टंगालकाठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ । तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा उक्त अन्य व्यक्ति तथा संस्थाहरूमा विक्री गरिने कम्पनीले जनाएको छ । 

Advertisment

थप समाचार