काठमाडौं : सिटिजन्स बैंक इन्टरनेसनल बैंकले एकल ऋण लगानीमा १० मेगावाटको सिद्धि खोला जलविद्युत आयोजना निर्माण गर्न कर्जा सम्झौता गरेको छ ।
बैंकले ईलाम जिल्ला साविक समलबुङ रजिर्मले गाविस (हालको सुर्योदय नगरपालिका र रोङ गाँउपालिका) मा निर्माण हुने सिद्धि हाइड्रोपावर कम्पनी प्रवर्द्धक रहेको १० मेगावाट क्षमताको सिद्धि खोला जलविद्युत आयोजना निर्माण गर्न लगानी गर्ने भएको हो ।
उक्त सम्झौतापत्रमा बिहिबार बैंकका प्रमुख– कन्र्सोटियम÷इन्फ्रास्ट्रक्चर बैंकिंग युनिटका रोशन मल्ल र कम्पनीका प्रबन्ध संचालक सन्तोश राज नेपालले हस्ताक्षर गरेका छन ।
परियोजनाको अनुमानित लागत करिब १ अर्ब ७३ करोड (निर्माण अवधीको व्याज बाहेक) मा बैंकले ७५ः२५ को ऋण स्वपुँजी अनुपातमा रु १ अर्ब २९ करोड बराबरको ऋण लगानी गर्नेछ भने निर्माण अवधीको व्याज सहित बांकी लागत प्रवर्द्धकहरुबाट स्वपुँजी जुटाइने छ ।
सो आयोजनाले आगामी २.५ वर्ष भित्र निर्माण सम्पन्न गरी विद्युत उत्पादन गर्ने लक्ष्य रहेको छ । कम्पनीका अनुसार आयोजनाबाट हिउँदमा ८.८०५ गिगावाट घन्टा र वर्षामा ४६.९११ गिगावाट घन्टा गरी वार्षिक ५५.७१६ गिगावाट घन्टा विद्युत उत्पादन गरिने जनाइएको छ ।
Advertisment