Below Menu
Below Menu

दुई अर्ब ४४ करोड रुपैयाँ बैंकहरुमा लगानी गर्दै राष्ट्र बैंक, ब्याजदर प्रस्ताव गर्न आह्वान 

दुई अर्ब ४४ करोड रुपैयाँ बैंकहरुमा लगानी गर्दै राष्ट्र बैंक, ब्याजदर प्रस्ताव गर्न आह्वान 

काठमाडौं : नेपाल राष्ट्र बैंकले विभिन्न कोषको २ अर्ब ४४ करोड रुपैयाँ बैंकहरुमा लगानी गर्ने भएको छ । बैंकले बिहिबार एक सूचना जारी गर्दै उपदान तथा पेन्सन कोषको २ अर्ब ४४ रुपैयाँ एक वर्षका लागि विभिन्न बैंक तथा वित्तीय संस्थामा मुद्दती निक्षेपमा राख्ने जनाएको हो ।

कोषको उक्त रकम माघ ५ गतेदेखि २०८१ माघ ५ गतेसम्म ३६६ दिनका लागि मुद्दती निक्षेपमा राख्ने जनाएको हो । त्रैमासिक रुपमा भुक्तानी हुने गरी लगानी गर्न लागेको सूचनामा उल्लेख छ ।

बैंकले उपदान तथा पेन्सन कोषमा रहेको रकममध्ये ‘क’ वर्गका वाणिज्य बैंकमा एक अर्ब ९५ करोड २० लाख , ‘ख’ वर्गका विकास बैंकमा ३६ करोड ६० लाख रुपैयाँ र ‘ग’ वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीमा १२ करोड २० लाख रुपैयाँ मुद्दती निक्षेपमार्फत लगानी गर्न लागेको हो । 

बैंकका अनुसार मुद्दती निक्षेपमा रकम लिन चाहने बैंक तथा वित्तीय संस्थाहरुले तोकिएको न्युनतम पुँजीकोष अनुपात कायम रहेको हुनुपर्नेछ ।

त्यस्तै, निष्क्रिय कर्जा कसल कर्जा सापटीको ५ प्रतिशत भन्दा कम हनुपर्ने, सिडि रेसियो अनुपात बैंकले समय समयमा निर्धारण गरेको सिमा भित्र रहेको हनुपर्नेछ । बैंकले उक्त निक्षेप लिनका लागि सिलबन्दी फारम भरी पुस २३ गते राती ७ बजेभित्र आवेदन दिन आग्रह गरेको छ ।

Advertisment

थप समाचार