Below Menu
Below Menu

हिमालयन र प्रभु बैंकका १५ शेयरधनी बाहिरिए, चार लाख दश हजार कित्ता शेयर बिक्रीमा 

हिमालयन र प्रभु बैंकका १५ शेयरधनी बाहिरिए, चार लाख दश हजार कित्ता शेयर बिक्रीमा 

काठमाडौं : दुई वाणिज्य बैंकको चार लाख कित्ता बढी संस्थापक शेयर विक्रीमा आएको छ । प्रभु र हिमालयन बैंकहरुले संस्थापक शेयरधनीको नाममा रहेको चार लाख १०  हजार १८८ कित्ता शेयर विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी विक्रीमा ल्याएको हो ।

प्रभु बैंकले ११ जना शेयरधनीको नाममा रहेको ३ लाख ३२ हजार १४६ कित्ता र हिमालयन बैंकले चार जना शेयरधनीको नाममा रहेको ७८ हजार ४२ कित्ता शेयर बिक्रीमा ल्याएको हो । यी दुवै बैंकको शेयर खरीद गर्न इच्छुक संस्थापक शेयरधनीहरूले आवश्यक कागजात सहित आगामी ३५ दिनभित्र आवेदन पेश गर्नुपर्नेछ । 

प्रभुु बैंकको शेयर खरिदका लागि कम्पनीको केन्द्रीय कार्यालय बबरमहल काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ भने हिमालयन बैंकको केन्दूीय कार्यालय कमलादी काठमाडौंमा आवेदन दिनुपर्नेछ । 

तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा उक्त अन्य व्यक्ति तथा संस्थाहरूमा विक्री गरिने कम्पनीले जनाएको छ । 

Advertisment

थप समाचार