काठमाडौं : विभिन्न तीन कम्पनीको लाभांश र हकप्रद शेयर सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीहरुले साधारणसभा तथा लाभांश वितरणका लागि भोलि अर्थात पुस २० गते बुक क्लोज गर्दै छन् ।
जस अनुसार आजसम्म कायय भएका शेयरधनीहरुले मात्र मन्दाकिनी हाइड्रोपावर, बोटलर्स नेपाल (तराई) र श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको लाभांश पाउनेछन् भने सिंगटी हाइड्रो इनर्जीले हकप्रद निष्काशन प्रयोजनार्थ पुस २२ गते आइतबार बुकक्लोज गर्दैछ ।
मन्दाकिनी हाइड्रोपावर पुस २९ गते १० औँ वार्षिक साधारण सभा बोलाएको छ । सो सभा फुडल्याण्ड एण्ड ब्याङ्क्वेट, बत्तिसपुतली, काठमाडौँमा बिहान ११ बजे शुरु हुनेछ । सभाले हाल कायम चुक्ता पूँजीको ४.७५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनका लागि ०.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।
त्यस्तै बोटलर्स नेपाल (तराई) ले पुस २७ गते वार्षिक साधारण सभा बोलाएको छ । सो सभा साेल्टी होटल, ताहाचल, काठमाडौँमा दिउँसो १२ बजे शुरु हुनेछ । सभाले कम्पनीले वितरण गर्न लागेको हाल कायम चुक्ता पूँजीको ६० प्रतिशतका दरले नगद लाभांश प्रस्ताव पारित गर्नेछ ।
श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्न लागेको ५.०५ प्रतिशत नगद लाभांश पारित गर्न पुस २९ गते साधारणसभा बोलाएको छ । उक्त सभा कम्पनीको रजिष्टर्ड कार्यालय, डिल्लीबजार, काठमाडौँमा बिहान १० बजे शुरु हुनेछ ।
सिंगटी हाइड्रोले हाल कायम चुक्ता पूँजीको शतप्रतिशत अर्थात १ बराबर १ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्नेछ ।
Advertisment