काठमाडौं : राष्ट्रिय वाणिज्य बैंकसहित पाँच कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । साधारणसभा तथा लाभांश विरण गर्ने प्रयोजनका लापिग विभिन्न कम्पनीले भोलि अर्थात पुस १८ गते बुक क्लोजको मिति तय गरेका छन्
जस अनुसार आजसम्म कायम भएका शेयरधनीहरुले मात्र राष्ट्रिय वाणिज्य बैंक, जीवन विकास लघुवित्त, कालिका पावर, युनिभर्सल पावर र एचआइडीसीएलको लाभांश प्राप्त गर्न सक्नेछन् ।
यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले यी कम्पनीहरुको साधारण सभामा सहभागिता जनाउन तथा यी कम्पनीहरुले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।
राष्ट्रिय वाणिज्य बैंकले गत वर्षको नाफाबाट लगानीकर्तालाई ५.५० प्रतिशत नगद वितरण गर्ने भोलि बुक क्लोज गर्दै छ ।
त्यस्तै, जीवन विकास लघुवित्तले १४ प्रतिशतका दरले बोनस शेयर र कर प्रयोजनका लागि ०.७३६९ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्न पुस २९ गते, आइतबार, आफ्नो केन्द्रिय कार्यालय, कटहरी, मोरङ्गमा पाँचौ वार्षिक साधारण सभा बोलाएको छ ।
कालिका पावरले पुस २८ गते शनिबार, दियालो फुडल्याण्ड चितवन प्रालि, भरतपुरमा बिहान ११ बजे साधारण सभा बोलाएको छ । सभाले हाल कायम चुक्ता पूँजीको १० प्रतिशतका दरले बोनस शेयर र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।
यूनिभर्सल पावरले पुस २९ आइतबार, आफ्नो कार्यालय, त्रिपुरेश्वर, काठमाडौँमा दिउँसो १२ः१५ बजे साधारण सभा बोलाएको छ । सो सभा वेबिनार मार्फत शुरु हुनेछ । सभाले हाल कायम चुक्ता पूँजीको ८.५५ प्रतिशतका दरले बोनस शेयर र कर प्रयोजनका लागि ०.४५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।
त्यस्तै, एचआईडिसिएलले हाल कायम चुक्ता पूँजीको ५.२६३ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न पुस २९ गते, आइतबार १२ औँ वार्षिक साधारण सभा बोलाएको छ ।
Advertisment