गभर्नर अधिकारीको मुद्दामा कारण देखाउ आदेश जारी 

गभर्नर अधिकारीको मुद्दामा कारण देखाउ आदेश जारी 

काठमाडौं : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको शैक्षिक योग्यतारिुद्ध परकेो रिटमा सर्वोच्च अदालतले कारण देखाउन आदेश जारी गरेको छ । शुक्रबार (आज)का लागि पेशी तोकिएको रिटमा सर्वोच्चका न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासले अधिकारीलाई गभर्नर पदमा नियुक्त गर्नुको कारण पेस गर्न सरकारका नाममा आदेश जारी गरेको हो ।

Sponsored Advertisement

गभर्नर अधिकारीको शैक्षिक  योग्यतामाथि प्रश्न उठाउँदै बिहिबार सर्वोच्च अदालतमा रिट दायर भएको थिायो । कानुनव्यवसायीहरु दीपकराज जोशी, प्रतापसिंह ठकुराठी, दामोदर तिमिल्सना र चुडामणि भण्डारीले गर्भनर अधिकारीको शैक्षिक योग्यता नपुगेको दाबी गर्दै रिट दायर गरेका थिए । उक्त निवेदनमाथि आज सुनुवाइ  भएको हो । 

सरकारले केन्द्रीय बैंकका पूर्वगभर्नर अधिकारीलाई २०७६ साल २४ चैतमा गभर्नरमा नियुक्त गरेको थियो । नेपाल राष्ट्र बैंक ऐनको दफा २० मा भएको गभर्नरको योग्यतासम्बन्धी व्यवस्थामा आर्थिक, मौद्रिक, बैंकिङ, वित्तीय, वाणिज्य, व्यवस्थापन, जनप्रशासन, तथ्याङ्कशास्त्र, गणित वा कानुनमा स्नातकोत्तर भई त्यही क्षेत्रमा अनुभव हासिल गरेको हुनुपर्ने उल्लेख छ ।

गभर्नर अधिकारीले त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर सरहको समकक्षता लिएको जिकिर गरेको भएपनि ऐनमा स्नातकोत्तर तह उत्तीर्ण भएकै हुनुपर्ने सर्त तोकेकाले समकक्षताको भरमा योग्यता नपुग्ने रिटमा भनिएको छ ।

थप समाचार