काठमाडौं : सरकारले ट्रेजरी बिल मार्फत २० अर्बबढीको आन्तरिक ऋण उठाउने भएको छ । सोमबार २० अर्ब २५ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्न लागेको राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले जनाएको छ ।
राष्ट्र बैंकले ७ अर्ब ७५ अर्ब रुपैयाँ बराबरको ९१ दिने र ५अर्ब रुपैयाँ बराबरको १८२ दिने र सात अर्ब ५० करोड रुपैयाँ बराबरको ३६४ दिन अवधिको ट्रेजरी बिल नविकरण गर्न लागेको हो ।
बैंकका अनुसार ९१ दिन अवधिको ट्रेजरी चैत २० गते र १८२ दिन अवधिको २०८१ असार १९ गते र ३६४ दिन अवधिको ट्रेजरी २०८१ पुस १६ गते परिपक्क हुनेछ ।
उक्त ट्रेजरी बिलको बोलकबोल आइतबार दिँउसो ३ बजे हुने छ । बुधबार बाँडफाँट हुनेछ । यसअघि बैंकले ५ अर्ब रुपैयाँ बराबरको २८ दिने र १० अर्ब ११ करोड २५ रुपैयाँ बराबरको ९१ दिने र २ अर्ब रुपैयाँ बराबरको ३६४ दिन अवधिको ट्रेजरी बिल नविकरण गरेको थियो ।
Advertisment