Below Menu
Below Menu

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको एक लाख ४१ हजार कित्ता शेयर बिक्रीमा 

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको एक लाख ४१ हजार कित्ता शेयर बिक्रीमा 

काठमाडौं : नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले एक लाख कित्ता बढी संस्थापक शेयर विक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयरधनीको नाममा रहेको एक लाख  ४१ हजार १३१ कित्ता शेयर विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी विक्रीमा ल्याएको हो ।

बैंकको शेयर खरीद गर्न इच्छुक संस्थापक शेयरधनीहरूले आवश्यक कागजात सहित आगामी ३५ दिनभित्र आवेदन पेश गर्नुपर्नेछ । शेयर खरिदका लागि बैंकको शेयर विभाग, केन्द्रिय कार्यालय कार्यालयमा आवेदन पेश गर्नुपर्नेछ 

तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा उक्त अन्य व्यक्ति तथा संस्थाहरूमा विक्री गरिने बैंकले जनाएको छ । 

Advertisment

थप समाचार