काठमाडौं : श्रृजनशील लघुवित्त वित्तीय संस्था र मानुषी लघुवित्त वित्तीय संस्थाले विशेष साधारण सभा बोलाएका छन् । यी दुई कम्पनीले एक आपसमा मर्ज हुने प्रस्ताव पारित गर्न पुस २८ गते शनिबार बिहान साढे १० बजे विशेष साधारण सभा बोलाए हुन् ।
श्रृजनशील लघुवित्तको सभा संस्थाको केन्द्रिय कार्यालय, गोलबजार नगरपालिका, चोहर्वा, सिराहामा हुनेछ भने मानुषी लघुवित्तको सभा पुतली घर रिसोर्ट, बनेपा, साँगा, काभ्रेपलाञ्चोकमा हुनेछ ।
उक्त सभाले मर्जर प्रस्तावका साथै प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, संस्थापक एवम् सर्वसाधारण शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सदस्यहरुको निर्वाचन गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।
विशेष साधारण सभा प्रयोजनका लागि दुबै लघुवित्तहरुले पुस २२ गते एक दिनका लागि बुकक्लोज गर्ने भएका छन् । जस अनुसार पुस १९ गतेसम्म कायम शेयरधनीहरुले मात्र लघुवित्तहरुको साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।
Advertisment