काठमाडौं : सरकारको ढुकुटीमा पैसा थपिदै गएको पाइएको छ । नेपाल राष्ट्र बैंकले रार्वजनिक गरेको चालुु आर्थिक वर्षको मंसिर महिनाको तथ्यांकले यस्तो देखाएको हो ।
राष्ट्र बैंकको अनुसार एक महिनामा सरकारी खाताबाट साढे ३४ अर्ब रुपैयाँ निक्षेप थपिएको छ । मंसिर महिनामा सरकारी ढुकुटीमा एक खर्ब ६० अर्ब २४ करोड ७६ लाख रुपैयाँ मौज्दात रहेको छ ।
उक्त मौज्दात गत कात्तिक महिनाको तुलनामा २७.७३ प्रतिशतले बढी हो । जबकी कात्तिक मसान्तसम्म सरकारी निक्षेप १ खर्ब २५ अर्ब ४५ करोड ९ लाख रुपैयाँ रहेको थियो । मंसिर मसान्तसम्म आइपुग्दा उक्त निक्षेप ३४ अर्ब ७९ करोड ६७ लाख रुपैयाँले बढेको हो ।
२०८० असार मसान्तसम्म ४५ अर्ब ११ करोड ५७ लाख रुपैयाँ रहेको सरकारी निक्षेप चालु आवको कात्तिक मसान्तसम्म आइपुग्दा ८० खर्ब ३६ करोड १४ लाख रुपैयाँले बढेको थियो ।
मंसिर महिनामा राजस्व संकलनमा पनि सुधार देखिएपछि सरकारको ढुकुटीमा मौज्दात थपिएको हो । सर्वोच्च अदातलले एफपीओको प्रिमियम तथा मर्जर÷प्राप्तिको लाभमा कर लिने बाटो खुला गरेपछि आन्तरिक राजस्व विभागले पनि लक्ष्यभन्दा १८.६२ प्रतिशत बढी राजस्व संकलन गरेको थियो ।
सरकारी वित्तसँगै अर्थतन्त्रको बाह्य क्षेत्रमा पनि सुधार हुँदै गएको राष्ट्र बैंकले जनाएको छ । शोधनान्तर स्थिति र विदेशी विनियम सञ्चिति लगातार बढ्दै जाँदा चालु खाता पनि बचतमा रहेको छ । रेमिट्यान्समा भएको उल्लेख्य सुधारले बाह्य क्षेत्र सुधार हुँदै गएको हो ।
Advertisment