Below Menu
Below Menu

राष्ट्र बैंकद्वारा एकीकृत परिपत्र २०७९ मा संशोधन, के के भए नयाँ व्यवस्था (पूर्णपाठ)

राष्ट्र बैंकद्वारा एकीकृत परिपत्र २०७९ मा संशोधन, के के भए नयाँ व्यवस्था (पूर्णपाठ)

काठमाडौं : नेपाल राष्ट्र बैंकले विदेशी विनिमय विभागले एकीकृत परिपत्र २०७९ मा संशोधन गरेको छ । बिहिबार एक सूचना जारी गर्दै बैंकको विदेशी विनिमय विभागले यस्तो व्यवस्था जनाएको हो ।

राष्ट्र बैंकले जापान, दक्षिण कोरिया, युरोप महादेश संयुक्त राज्य अमेरिका, क्यानाडा लगायतका देशमा वैदेशिक रोजगारीमा जाने नेपाली नागरिकलाई अधितकम ५ सय डलरको राहदानी सुविधा दिने व्यवस्था गरेको छ । 

यसका साथै अन्य मुलुक जानेको हकमा भने अधिकतम २ सय डलरको राहदानी पावत सटही सुविधा दिने व्यवस्था गरेको छ ।
यसअघि नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा जाने नेपाली नागरिकलाई राहदानी वापत अधिकतम अमेरिकी डलर २ सय डलरसम्म मात्र सटही सुविधा पाउने व्यवस्था थियो । 

निर्यातकर्ताबाट सामान आयात गर्दा कुल आयात अमेरिकी डलर ६० हजारको सीमाभित्र रहने भएमा सात दिन व्यतीत हुन अनिवार्य नहुने व्यवस्था गरेको छ । निर्यातकर्ताबाट सामान आयात गर्दा कुल आयात अमेरिकी डलर ६० हजार र भारतको हकमा भारु. तीन करोडको सीमाभित्र रहने भएमा सात दिन व्यतीत हुन अनिवार्य नहुने जनाएको छ ।

सुन बिक्रेता वाणिज्य बैंकमा सुन खरिद गर्ने व्यवसायीको बैंक खाता नभएता पनि अन्य बैंक तथा वित्तीय संस्थामा भएको निजको खाताबाट भुक्तानी हुने भएमा सम्बन्धित वाणिज्य बैंकले सुन बिक्रीको व्यवस्था मिलाउनु पर्नेछ ।

नेपाली/विदेशी नागरिक वा नेपालमा दर्ता भएका फर्म÷कम्पनी÷संस्था÷शाखा कार्यालयले बिक्री, कमिशन, शुल्क, पारिश्रमिक लगायत विभिन्न प्रयोजनका लागि फिर्ता (च्भउबतचष्बतष्यल) नहुने गरी विदेश (नागरिक वा फर्म/कम्पनी/संस्था) बाट प्राप्त हुने रकम सम्बन्धित वेनेफिसियरीको बैंक खातामा जम्मा गर्ने गरी रकम ल्याउन सकिने राष्ट्र बैंकले जनाएको छ ।

तर, समाज कल्याण ऐन, २०४९ बमोजिमका सामाजिक संघ संस्थाले भित्र्याउने रकमको हकमा भने प्रचलित कानुनबमोजिम समाज कल्याण परिषद्लाई गराइएको पूर्व जानकारी वा पूर्व स्वीकृति समेत आवश्यक पर्नेछ ।

विद्युतीय माध्यमबाट जारी हुने भिसा र टिकटको आधारमा सोको प्रिन्ट संलग्न भइआएको आधारमा सटही सुविधा उपलब्ध गराउन उक्त व्यवस्थाले बाधा नपु¥याएको राष्ट्र बैंकले जनाएको छ ।

यस्तो सटही सुविधा अधिकतम अमेरिकी डलर १५०० वा सो बराबरको अन्य परिवत्र्य विदेशी मुद्रासम्म प्रदान गर्न सकिनेछ । तर, भिसा आवेदनको हकमा सम्बन्धित दूतावास लगायत भिसा आवेदन शुल्क संकलन गर्न अधिकारप्राप्त निकायले परिवत्र्य विदेशी मुद्रामा नै भिसा शुल्क लिने व्यवस्था गरेमा (विद्युतीय माध्यम समेत) तोकिएको भिसा शुल्कसम्मको सटही सुविधा प्रदान गर्दा उल्लिखित अधिकतम अमेरिकी डलर १,५०० को सीमाले बाधा नपुग्ने बैंकले जनाएको छ । 

बिलको भुक्तानी नेपाली रूपैयाँमा स्वीकार गर्नुपर्दा सम्बन्धित विदेशी नागरिकको इन्क्यासमेन्ट रसिदको प्रतिलिपि लिनु पर्नेछ ।
ट्राभल एजेन्सी, ट्रेकिङ एजेन्सी, कार्गो कुरियर एजेण्ट, होटल लगायतका संस्थाहरूले विदेशबाट रिप्रेटिएशन (प्रत्यावर्तन)  लिनुपर्ने रकम विदेशी मुद्रा कारोबार भएको ३० दिनभित्र देशभित्र अनिवार्य रुपमा ल्याइसक्नु पर्नेछ । यसअघि १५ दिनभित्र देशभित्र अनिवार्य रुपमा ल्याइसक्नु पर्ने व्यवस्था रहेको थियो ।

साथै, यस सम्बन्धी विवरण हरेक त्रयमास समाप्त भएको १५ दिनभित्र नेपाल राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभागमा पठाउनु पर्नेछ ।

(पूर्णपाठ)

Advertisment

थप समाचार