Below Menu
Below Menu

वैदेशिक रोजगारीमा जाने नेपालीले ५०० डलरसम्मको सटही सुविधा पाउने 

वैदेशिक रोजगारीमा जाने नेपालीले ५०० डलरसम्मको सटही सुविधा पाउने 

काठमाडौं : वैदेशिक रोजगारीमा जाने नेपाली नागरिकले ६०० डलरसम्मको सटही सुविधा पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले विदेशी विनिमय विभागले एकीकृत परिपत्र २०७९ मा संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो ।

राष्ट्र बैंकले जापान, दक्षिण कोरिया, युरोप महादेश संयुक्त राज्य अमेरिका, क्यानाडा लगायतका देशमा वैदेशिक रोजगारीमा जाने नेपाली नागरिकलाई अधितकम ५ सय डलरको राहदानी सुविधा दिने व्यवस्था गरेको छ । 

यसका साथै अन्य मुलुक जानेको हकमा भने अधिकतम २ सय डलरको राहदानी वापत सटही सुविधा दिने व्यवस्था गरेको छ ।

यसअघि नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा जाने नेपाली नागरिकलाई राहदानी वापत अधिकतम अमेरिकी डलर २ सय डलरसम्म मात्र सटही सुविधा पाउने व्यवस्था थियो । 
 

Advertisment

थप समाचार