Below Menu
Below Menu

नेप्सेमा तीन कम्पनीको शेयरमूल्य समायोजन 

नेप्सेमा तीन कम्पनीको शेयरमूल्य समायोजन 

काठमाडौं : नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा तीन कम्पनीको शेयरमूल्य समायोजन भएको छ । बुधबार नेप्सेले हाथवे इन्भेष्टमेन्ट नेपाल, फर्स्ट माइक्रोफाइनान्स लघुवित्त र तारागाउँ रिजेन्सी होटल्सको बोनस शेयरपछिको मूल्य समायोजन गरेको हो ।

साधारणसभा प्रयोजनका लागि बुक क्लोजको मिति तय गरेसँगै नेप्सेले कम्पनीको अन्तिम कारोबारको आधारमा मूल्य समायोजन गरी नयाँ शेयरमूल्य निर्धारण गरेको हो । 

नेप्स]का अनुसार हाथवे इन्भेष्टमेन्टको १० प्रतिशत बोनसपछिको मूल्य ७२४ दशमलव ९ रुपैयाँमा समायोजन भएको छ । कम्पनीको अन्तिम कारोबार ७९६ दशमलव ५० रुपैयाँमा भएको थियो । 

यस्तै, फर्स्ट माइक्रोफाइनान्सको ७.५० प्रतिशत बोनसपछिको शेयरमूल्य ६२२ दशमलव ३३ रुपैयाँमा समायोजन भएको नेप्सेले जनाएको छ । संस्थाको अन्तिम कारोबार ६६९ रुपैयाँमा भएको थियो । 

त्यसैगरी नेप्सेले तारागाउँ रिजेन्सी होटल्सको ४ प्रतिशत बोनस पछिको शेयर मूल्य ८३६ दशमलव ६३ रुपैयाँ पैसा कायम गरेको छ । होटलको अन्तिम कारोबार ८७० दशमलव १० रुपैयाँमा भएको थियो । 

Advertisment

थप समाचार