काठमाडौं : नेपाल राष्ट्र बैंकले बजारबाट थप ३५ अर्ब रुपैयाँ बराबरको तरलता खिच्ने भएको छ । बैंकिङ प्रणालीमा नगद प्रवाह भएर तरलता बढ्न थालेपछि त्यसलाई व्यवस्थापन गर्न राष्ट्र बैंकले बैंकले आपतकालीन रुपमा बजारबाट निक्षेप उठाउन लागेको हो ।
राष्ट्र बैंकले पुस १ गतेदेखि ६ गतेसम्म ७० रुपैयाँ उठाएको बैकले पुन १४ दिनका लागि ३५ अर्ब रुपैयाँ निक्षेप उठाउन सूचना प्रकाशित गरेको छ । बैंकले छोटो अवधिमा लगातार रुपमा बजारबाट पैसा उठाउन लागेको हो ।
बैंकले विभिन्न विशेषता एवं शर्तहरु कायम गरी १४ दिनको लागि निक्षेप संकलनको बोलकबोल तथा निष्काशन गर्ने भएको हो । निक्षेप संकलनको ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ भने साँवा तथा ब्याज भुक्तानी पुस २५ गते हुने बैकले जनाएको छ ।
निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बालकबोल गर्न सक्नेछन्।
इच्छुक ‘क’ ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले बुधबार दिउँसो २ बजेसम्म बोलकबोलमार्फत आवेदन दिन सक्नेछन् । बोलकबोल अनलाइन बिडिङ सिस्टम सप्टवयरमार्फत हुनेछ ।
राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा तरलता अभाव हुँदा रिपो मार्फत बजारमा पैसा पठाउने गर्छ भने र बैकिङ प्रणालीमा तरलता थुप्रिदै गएपछि त्यसलाई व्यवस्थापन गर्न बैंकले रिर्भस रिपो मार्फत तरलता खिच्ने गर्छ ।
Advertisment