प्रिमियममा एफपीओ जारी गर्दै हिमालयन बैंक, डाक्यो साधारणसभा 

प्रिमियममा एफपीओ जारी गर्दै हिमालयन बैंक, डाक्यो साधारणसभा 

काठमाडौं : हिमालयन बैंक लिमिटेडले प्रिमियम मूल्यमा फर्दर पब्लिक अफरिङ (एफपीओ) निष्कासन गर्ने भएको छ । बैंकले सर्वसाधारण शेयरधनीको शेयर अनुपात ३० प्रतिशत कायम गर्न प्रिमियममा एफपीओ निष्काशन गर्ने प्रस्ताव पारित गर्न पुस २९ गते आइतबार साधारणसभा बोलाएको छ । 

Sponsored Advertisement

सो सभा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा बिहान ९ बजे शुरु हुनेछ। सभाले एफपीओको मूल्य निर्धारण गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधनका लागि सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने, संस्थापक शेयरधनीहरुको तर्फबाट ५ जना र सर्वसाधारणको तर्फबाट १ जना सञ्चालकको निर्वाचन गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।

साधारण सभा प्रयोजनका लागि बैंकले पुस २० गते एक दिनका लागि बुकक्लोज गर्दैछ। जस अनुसार पुस १९ गतेसम्म कायम भएका शेयरधनीहरुले मात्र बैंकको साधारण सभामा भाग लिन पाउनेछन् ।

थप समाचार