मुक्तिनाथ विकास बैंकको शेयर कारोबार रोक्का 

मुक्तिनाथ विकास बैंकको शेयर कारोबार रोक्का 

काठमाडौं : मुक्तिनाथ विकास बैंकको शेयर कारोबार रोक्का भएको छ । लाभांश वितरणको सूचना समयमा नदिएको भन्दै नेपाल स्टक एक्सचेञ्ज नेप्सले बैंकको शेयर कारोबार रोक्का गरेको हो ।

Sponsored Advertisement

बिहिबार कारोबार समयमा सञ्चालक समितिको बैठक बसी आव २०७९/८० को लाभांश घोषणा सम्बन्धी निर्णय गरेको नेप्सेले जनाएको छ ।

बैंकले गत आवको नाफाबाट लाभांश घोषणा गरेको छ । बैंकको बिहीबार बसेको सञ्चालक समिति बैठकले शेयरधनीलाई ९.७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.५१ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । 

धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम २२ (१) मा भएको व्यवस्था बमोजिम धितोपत्र मूल्यमा प्रभाव पार्ने सूचना, जानकारी तथा निर्णय सिर्जना भएमा सोही दिन वा भोलिपल्ट कारोबार खुल्नु अघि सम्बन्धित सूचीकृत संगठित संस्थाले नेप्सेमा पेश गर्नुपर्ने छ भन्ने व्यवस्था रहेको छ । 

उक्त विनियममा भएको व्यवस्था पालना नगरेकोले उक्त विनियमावलीको विनियम १६ (१) (ख) मा भएको व्यवस्था अनुरुप पुस ट गतेकाे निर्णयानुसार त्यस कम्पनीको धितोपत्रको कारोबार स्थगन गरिएको नेप्सेले जनाएको छ ।

साथै तीन कार्यदिन भित्र के कति कारणबाट कारोबार समयमा सञ्चालक समितिको बैठक बसी लाभांश घोषणा सम्बन्धी निर्णय गरेको हो सो सम्बन्धमा स्पष्टिकरण पेश गर्न समेत नेप्सेले निर्देशन दिएको छ ।

थप समाचार