काठमाडौं : सरकारले ट्रेजरी बिल मार्फत १७ अर्बबढीको आन्तरिक ऋण उठाउने भएको छ । आइतबार १७ अर्ब ११ करोड २५ रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्न लागेको राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले जनाएको छ ।
राष्ट्र बैंकले ५ अर्ब रुपैयाँ बराबरको २८ दिने र १० अर्ब ११ करोड २५ रुपैयाँ बराबरको ९१ दिने र २ अर्ब रुपैयाँ बराबरको ३६४ दिन अवधिको ट्रेजरी बिल नविकरण गर्न लागेको हो । बैंकका अनुसार २८ दिन अवधिको ट्रेजरी माघ ९ गते र ९१ दिन अवधिको चैत १३ गते र ३६४ दिन अवधिको ट्रेजरी २०८१ पुस ९ गते परिपक्क हुनेछ ।
उक्त ट्रेजरी बिलको बोलकबोल आइतबार दिँउसो ३ बजे हुने छ । बुधबार बाँडफाँट हुनेछ । यसअघि बैंकले आठ अर्ब रुपैयाँ बराबरको २८ दिने र ६ अर्ब ३३ करोड रुपैयाँ बराबरको १८२ दिने ट्रेजरी बिल नविकरण गरेको थियो ।
Advertisment