काठमाडौं : नेपाल राष्ट्र बैंकले ६ दिनमै बजारबाट ७० अर्ब रुपैयाँ निक्षेप उठाएको छ । बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिदै गएपछि बजार बैंकले लगातार रुपमा पैसा उठाउन लागेको हो ।
गत मंसिर ६ गतेदेखि लगातार रुपमा बजारबाट तरलता खिच्दै आएको राष्ट्र बैंकले पुस १ गतेदेखि ६ गतेसम्म ७० रुपैयाँ उठाएको हो । बैकले पुन १४ दिनका लागि २५ अर्ब रुपैयाँ निक्षेप उठाउन सूचना प्रकाशित गरेको छ । बैंकले छोटो अवधिमा लगातार रुपमा बजारबाट पैसा उठाउन लागेको हो ।
राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा तरलता अभाव हुँदा रिपो मार्फत बजारमा पैसा पठाउने गर्छ भने र बैकिङ प्रणालीमा तरलता थुप्रिदै गएपछि त्यसलाई व्यवस्थापन गर्न बैंकले रिर्भस रिपो मार्फत तरलता खिच्ने गर्छ ।
निक्षेप संकलनको ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ भने साँवा तथा ब्याज भुक्तानी पुस २० गते हुने बैंकले जनाएको छ । निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बालकबोल गर्न सक्नेछन् ।
इच्छुक ‘क’ ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले शुक्रबार दिउँसो १२ बजेसम्म बोलकबोलमार्फत आवेदन दिन सक्नेछन् । बोलकबोल अनलाइन बिडिङ सिस्टम सप्टवयरमार्फत हुनेछ ।
Advertisment