काठमाडौं : महालक्ष्मी विकास बैंकले लाभांश घोषणा गरेको छ । मंगलबार बसेको बैंकको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो ।
बैंकले हाल कायम चुक्ता पूँजीको ६.४० प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो। बैकको चुक्ता पूँजी ४ अर्ब १७ करोड १३ लाख १८ हजार ६०० रुपैयाँ छ।
उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी साधारणसभाले पारित गरेपछि शेयरधनीले पाउने छन्।
Advertisment