Below Menu
Below Menu

एनएमबी बैंकले तिर्यो सरकारलाई एक अर्ब ८४ करोड कर 

एनएमबी बैंकले तिर्यो सरकारलाई एक अर्ब ८४ करोड कर 

काठमाडौं : एनएमबी बैंक लिमिटेडले मर्जर तथा प्राप्ती र एफपीओबापतको करिब दुई अर्ब कर बुझाएको छ । बैंकले एफपीओ र मर्जर तथा प्राप्तिबापत सरकारलाई एक अर्ब ८४ करोड ३४ लाख ४४ हजार २२१ रुपैयाँ कर तिरेको जानकारी दिएको हो । 

सरकारले चालू आर्थिक वर्षको बजेटमार्फत मर्जर तथा प्राप्ति र एफपीओमा कर लगाउने निर्णय गरेको थियो । तर, बजेटमार्फत नै व्यवस्था गरिएपछि कर बुझाउनुपर्ने बैंक तथा वित्तीय संस्थाहरू अदालत गएका थिए ।

हालै मात्र सर्वोच्च अदालतले बैंक तथा वित्तीय संस्थाले कर तिर्नुपर्ने निर्णय गरेपछि बैंक तथा वित्तीय संस्थाले धमाधम कर तिर्न थालेका हुन् । 

Advertisment

थप समाचार