Below Menu
Below Menu

कामना सेवा विकास बैंकले तिर्यो २ करोड ६२ लाख कर 

कामना सेवा विकास बैंकले तिर्यो २ करोड ६२ लाख कर 

काठमाडौं : कामना सेवा विकास बैंकले सरकारलाई साढे दुई करोड कर तिरेको  छ । बैंकले एफपीओ र मर्जर तथा प्राप्तिबापतको २ करोड ६२ लाख ६६ हजार ५८६ रुपैयाँ कर तिरेको जानकारी दिएको हो । 

सरकारले चालू आर्थिक वर्षको बजेटमार्फत मर्जर तथा प्राप्ति र एफपीओमा कर लगाउने निर्णय गरेको थियो । तर, बजेटमार्फत नै व्यवस्था गरिएपछि कर बुझाउनुपर्ने बैंक तथा वित्तीय संस्थाहरू अदालत गएका थिए । 

हालै मात्र सर्वोच्च अदालतले बैंक तथा वित्तीय संस्थाले कर तिर्नुपर्ने निर्णय गरेपछि बैंक तथा वित्तीय संस्थाले धमाधम कर तिर्न थालेका हुन् । 

Advertisment

थप समाचार