काठमाडौं : साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश संशोधन गरेको छ । यस अघि वितरण गर्न घोषणा गरेको लाभांश राष्ट्र बैंकले स्वीकृत नगरेपछि परिमार्जन गरेको हो । संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई २० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको थियो ।
राष्ट्र बैंकले स्वीकृत नगरेपछि संस्थाले लाभांश घटाएर १५ प्रतिशत दिने भएको छ । संशोधन पछि हाल कायम चुक्ता पूँजीको १४.२५ प्रतिशतका दरले बोनस शेयर र कर प्रयोजनका लागि ०.७५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।
उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई संस्थाको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीले पाउनेछन् ।
Advertisment