Below Menu
Below Menu

नेपाल इन्स्योरेन्स र मितेरी डेभलपमेन्ट बैंकको शेयरमूल्य समायोजन 

नेपाल इन्स्योरेन्स र मितेरी डेभलपमेन्ट बैंकको शेयरमूल्य समायोजन 

काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज नेप्सेले दुई कम्पनीको शेयरमूल्य समायोजन गरेको छ । बुधबार नेप्सेले नेपाल इन्स्योरेन्स र मितेरी डेभलपमेन्टको शेयरमूल्य समायोजन गरेको हो । साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि यी दुई कम्पनीले बुक क्लोजको मिति तय गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।

नेप्सेका अनुसार नेपाल इन्स्योरेन्सको १० प्रतिशत बोनसपछिको मूल्य ७९५ दशमलव ४५ रुपैयाँमा समायोजन भएको छ । कम्पनीको अन्तिम कारोबार ८७५ रुपैयाँमा भएको थियो ।

त्यस्तै मितेरी डेभलपमेन्ट बैंकको ९.५० प्रतिशत बोनसपछिको मूल्य ३९० दशमलव ८७ रुपैयाँमा समायोजन भएको छ । बैंकको अन्तिम कारोबार ४२८ रुपैयाँमा भएको थियो । 

Advertisment

थप समाचार