काठमाडौं : लुम्बिनी विकास बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । मंगलबार बिहान बसेको बैंकको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफबाट शेयरधनीहरुलाई ८.५० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
बैंकले हाल कायम चुक्ता पूँजीको ४ प्रतिशत बोनस र कर प्रयोजनका लागि ४.५० प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो । उक्त प्रस्तावित लाभांश राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीले पाउनेछन् ।
Advertisment