काठमाडौं : हालसम्म दश माइक्रोफाइनान्स कम्पनीले लाभांश वितरण गर्ने प्रस्ताव गरेका छन् । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सूचीकृत उक्त कम्पनीहरुले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेका छन् ।
नेप्सेका अनुसार ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाले गत आवको मुनाफाबाट शेयरधनीलाई करसहितको १० प्रतिशत लाभांश दिने भएको द्ध ।
त्यस्तै, आत्मनिर्भर लघुवित्तले १५ प्रतिशत लाभांश दिने घोषणा गरेकोे छ । कम्पनीले हाल कायम रहेको चुक्ता पुँजीको १० प्रतिशत बोनस र कर प्रयोजनका लागि ५ प्रतिशत नगद गरी १५ प्रतिशत लाभांश दिने भएको हो ।
समता घरेलु लघुवित्तले हाल कायम रहेको चुक्ता पुँजीको ५.४२२२ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनका लागि ०.२८५४ प्रतिशत नगद लाभांश दिने भएको छ ।
त्यसैगरी साना किसान विकास लघुवित्तले गत आवको मुनाफाबाट शेयरधनीलाई २० प्रतिशत लाभांश दिने भएको छ । जसमा कम्पनीले १५ प्रतिशत बोनस र सोको करका लागि ५ प्रतिशत नगद दिने भएको हो ।
फर्स्ट माइक्रो फाइनान्स लघुवित्त व्त्तिीय संस्थाले गतआवको नाफाबाट १५ प्रति लाभांश दिने भएको छ । जसमा ७.५ प्रतिशत बोनस र ७.५ प्रतिशत करसहितको नगद रहेको छ ।
धौलागिरी लघुवित्त वित्तीय संस्थाले १४.२५ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद लाभांश दिने भएको छ ।
सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाले गत आवको मुनाफबाट १३.६८४२ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । जसमा बोनस १३ प्रतिशत र नगद ०.६८४२ प्रतिशत रहेको छ ।
एनआईशी एशिया लघुवित्तले १५ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ भने स्वाबलम्बन लघुवित्तले नगद र बोनस गरी १३.०१०४ प्रतिशत लाभांश दिने भएको छ । जसमा १२.३५९९ प्रतिशत बोनस र सोको करका लागि ०.६५०५ प्रतिशत नगद रहेको छ ।
आरएसडिसी लघुव्त्तिले गत आवको मुनाफबाट ८.६ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.४५२८ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ भने युनि नेपाल लघुवित्तले १९ प्रतिशत बोनस र १ प्रतिशत नगद गरी २० प्रतिशत लाभांश दिने भएको छ ।
यस अवधिमा चार कम्पनीले भने लगानीकर्ताको हाल खाली बनाएका छन् । जसमा उपकार लघुवित्त, गुराँस लघुवित्त, मनकामना स्मार्ट लघुवित्त, हिमालयन लघुवित्तले गत आवको मुुनाफाबाट लाभांश नदिने घोषणा गरेका हुन् ।
Advertisment