काठमाडौं : आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । आइतबार बसेको संस्थाको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफबाट शेयरधनीहरुला १५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
लघुवित्तले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशतका दरले हुन आउने ९३ लाख ५० हजार ७०० रुपैयाँ बराबरको बोनस शेयर र कर सहितको नगदा लाभांश दिने घोषणा गरेको हो ।
उक्त प्रस्तावित लाभांश राष्ट्र बैंकबाट स्वीकृत भई संस्थाको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीले पाउनेछन् ।
Advertisment