काठमाडौं : नेपाल राष्ट्र बैंकले परिस्थितिजन्य समस्यामा रहेका ऋणीले कर्जा पुनर्संरचनामा सहजीकरण गर्ने भएको छ । राष्ट्र बैंक चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलाे समिक्षा मार्फत यस्तो व्यवस्था गरेको हो ।
बैंक तथा वित्तीय क्षेत्रमा नियतवश कर्जा भुक्तान नगर्ने ऋणीहरु उपरको कारवाहीलाई थप प्रभावकारी बनाउँदै परिस्थितिजन्य कारणले समस्यामा परेका ऋणीहरुलाई कर्जा पुनरसंरचना र पुनरतालिकीकरण लगायतका माध्यमबाट सहजीकरण गरिने राष्ट्र बैंकले जनाएको छ ।
यसका लागि बैंक तथा वित्तीय संस्थाले समस्यामा परेका ऋणीहरुबाट प्राप्त निवेदनको विश्लेषणका आधारमा बक्यौता ब्याजको दश प्रतिशत रकम असूल गरी कर्जा पुनरसंरचना गर्न सक्नेअवधि चैत मसान्तसम्म कायम गरी पुनरसंरचना गर्न सक्ने क्षेत्रहरुको विस्तार गरिने मौद्रिक नीतिमा उल्लेख छ ।
Advertisment