लाभांश पारित गर्न नेपाल एसबिआई बैंकले डाक्यो साधारणसभा, बुक क्लोज कहिले ? 

लाभांश पारित गर्न नेपाल एसबिआई बैंकले डाक्यो साधारणसभा, बुक क्लोज कहिले ? 

काठमाडौं : नेपाल एसबिआई बैंक लिमिटेडले साधारणसभा बोलाएको छ । मंसिर १ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको हो । 

Sponsored Advertisement

उक्त सभा पुस १३ गते, शुक्रबार, त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौँमा बिहान ११ बजे शुरु हुनेछ। सभाले हाल कायम चुक्ता पूँजीको ३.७५ प्रतिशतका दरले बोनस शेयर र र कर प्रयोजनका लागि ६.८० प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

यसका साथै सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरुसँग मर्जर अथवा एक्विजिशनसम्बन्धि कार्य गर्न र प्रबन्धपत्र तथा नियमाली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले मंसिर २९ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। जस अनुसार मंसिर २८ गतेसम्म नेप्सेमा कारोबार भएका शेयरधनीहरुले मात्र बैंकको साधारण सभामा सहभागिता हुन र बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।


 

थप समाचार