काठमाडौं : ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सिईओ)मा कपिल ढकाल नियुक्त भएका छन् । मंसिर २० गते बसेको बैंक सञ्चालक समितिको बैठकले बैंकको रिक्त रहेको सो पदमा ढकाललाई नियुक्त गरेको हो ।
बैंकको कायम प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत ढकाल चार वर्षको लागि सीईओ पदमा नियुक्त भएका हुन् । एनआईसी एसिया बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतको रूपमा काम गरेका ढकालसँग बैंकिङ क्षेत्रको उच्च व्यवस्थापन तहमा करिब १५ वर्षभन्दा बढीको अनुभव रहेको छ ।
Advertisment