नबिल बैंकले मंसिर २९ गतेदेखि तीन अर्बको ऋणपत्र निष्कासन गर्ने 

नबिल बैंकले मंसिर २९ गतेदेखि तीन अर्बको ऋणपत्र निष्कासन गर्ने 

काठमाडौं : नबिल बैंक लिमिटेडले मंसिर २९ गतेदेखि ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। बैैंकले प्रतिऋणपत्र १ हजार रूपैयाँ अंकित मूल्यमा तीन अर्ब रुपैयाँ बराबरको ३० लाख ऋणपत्र जारी गर्न लागेको हो ।

Sponsored Advertisement

बैंकले कुल ऋणपत्रमध्ये एक अर्ब ८० करोड रूपैयाँ बराबरको ऋणपत्र व्यक्तिगत तबरबाट  र एक अर्ब २० करोड रूपैयाँ बराबरको ऋणपत्र सर्वसाधारणमा जारी गर्नेछ । 

बैंकले सर्वसाधारणमा बाँडफाँट गरिने ऋणपत्रमध्ये ६० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ। बैंकले सात वर्षे अवधिको ९ प्रतिशत ब्याजदरको  ‘९ प्रतिशत नबिल डिबेन्चर २०८७’ निष्काशन गर्न लागेको हो। 

उक्त ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १२ लाख कित्ताका लागि आवेदन दिन सकिनेछ। बैंकको ऋणपत्र पुस ३ गतेसम्म बिक्रीमा रहने छ भने ढिलोमा पुस १३ गतेसम्म लम्बिनेछ । 

उक्त ऋणपत्रको बिक्री प्रबन्धकमा कुमारी क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त सि आस्वा र मेरो शेयरमार्फत आवेदन दिन सक्नेछन्। बैंकले उक्तऋणपत्र निष्कासनका लागि गत असार १७ गते बोर्डमा निवेदन दिएको थियो । 

थप समाचार