Below Menu
Below Menu

सांग्रिला डेभलपमेन्ट बैंकको ५ हजार ३० कित्ता संस्थापक शेयर बिक्रीमा 

सांग्रिला डेभलपमेन्ट बैंकको ५ हजार ३० कित्ता संस्थापक शेयर बिक्रीमा 

काठमाडौं : सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले ५ हजार कित्ता बढी संस्थापक शेयर विक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयरधनीको नाममा रहेको ५ हजार ३० कित्ता शेयर विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी विक्रीमा ल्याएको हो ।

बैंकको शेयर खरीद गर्न इच्छुक संस्थापक शेयरधनीहरूले आवश्यक कागजात सहित आगामी ३५ दिनभित्र आवेदन पेश गर्नुपर्नेछ । शेयर खरिदका लागि बैंकको केन्द्रिय कार्यालय कार्यालय बालुवाटार, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ ।

तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा उक्त अन्य व्यक्ति तथा संस्थाहरूमा विक्री गरिने बैंकले जनाएको छ । 

Advertisment

थप समाचार