Below Menu
Below Menu

उन्नति सहकार्य लघुवित्तको एफपीओ सूचीकृत 

उन्नति सहकार्य लघुवित्तको एफपीओ सूचीकृत 

काठमाडौं : उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाको एफपीओ नेप्सेमा सूचीकृत भएको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्सेले सोमबार कम्पनीको एक लाख ७८ हजार ४५१ दशमलव १८ कित्ता शेयर सूचीकृत गरेको हो । 

कम्पनीले गत काीत्तक २१ गतेदेखि २४ गतेसम्म सर्वसाधारणमा निष्कासन गरेको एफपीओ सूचीकृत गरेको नेप्सेले जनाएको छ । संस्थाले प्रतिशेयर १०० रुपैयाँ अंकित दरमा एक करोड ७८ लाख ४५ हजार ११८ रुपैयाँ बराबरको १ लाख ७८ हजार ४५१ दशमलव १८ कित्ता शेयर निष्काशन गरेको थियो ।

लघुवित्तले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ९ बमोजिम सर्वसाधारणको पूँजी संरचना ३० प्रतिशत कायम गर्न एफपीओ जारी गरेको थियो । 

Advertisment

थप समाचार