काठमाडौं : सिटिजन्स इन्टरनेशनल बैंकसहित चार कम्पनीले एक लाख कित्ताबढी संस्थापक शेयर बिक्रीमा ल्याएका छन् । सिटिजन बैंक, महुली लघुवित्त, जानकी फाइनान्स र किसान लघुवित्त वित्तीय संस्थाले स.स्थापक शेयरधनीको नाममा रहेको शेयर बिक्रीमा ल्याएका हुन् ।
कम्पनीहरुले एक लाख २५ हजार ८३८ कित्ता संस्थापक शेयर विद्यमान शेयरधनीहरु र सर्वसाधारले समेत खरिद गर्न पाउने गरी बिक्रीमा ल्याएका हुन् ।
सिटिजन बैंकले ७० हजार ४९० कित्ता शेयर संस्थापक शेयरधनी खरिद गर्न पाउने गरी बिक्रीमा ल्याएको हो । बैंकको शेयरमूल्य १५० रुपैयाँ तोकिएको छ । बैंकको शेयर खरिदका लागि इच्छुक विद्यमान संस्थापक शेयरधनीहरू बैंकको केन्द्रीय कार्यालय नारायणहिटीपथमा आवेदन पेश गर्न सक्नेछन् ।
त्यस्तै महुली लघुवित्तले दुई हजार ५०० कित्ता र किसान लघुवित्तले २ हजार ८४८ कित्ता शेयर विद्यमान शेयरधनीका लागि बिक्रीमा ल्याएका छन् । यी दुई लघुवित्तको शेयर खरिदका लागि पनि आगामी ३५ दिनभित्र कम्पनीको केन्द्रिय कार्यालयमा आवेदन पेश गर्नुपर्नेछ ।
त्यस्तै जानकी फाइनान्सले ५० हजार कित्ता शेयर संस्थापक शेयरधनीका लागि बिक्रीमा ल्याएकोमा संस्थापकको तर्फबाट तोकिएको ३५ दिन भित्र आवेदन नपरेकाले सर्वसाधारणका लागि बिक्रीमा ल्याएको हो । फाइनान्सको शेयरखरिदका लागि सर्वसाधारणले ७ दिन भित्र आवश्यक काजजात सहित कम्पनीको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्नेछ ।
तोकिएको समयावधिभित्र संस्थापक शेयरधनीहरुबाट आवेदन नपरेमा प्रचलित कानुन बमोजिम पछि कम्पनीले बाह्य खरिदकर्तालाई संस्थापक शेयर बिक्री खुला गर्ने जनाएको छ ।
Advertisment