काठमाडौं : गुराँस लघुवित्त वित्तीय संस्थाले यस वर्ष लाभांश नदिने भएको छ । संस्थाले आर्थिक वर्ष २०७९÷८० को नाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने प्रस्ताव गरेसँगै शेयरधनीका हात खाली हुने भएको हो ।
मंसिर १६ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट बोनस र नगद लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
बैठकले २०८० असार मसान्तको वासलात, गत आवको नाफा नोक्सान लगायतका वित्तीय विवरण पारित गरेको छ । उक्त विवरण नेपाल राष्ट्र बैंकबाट स्वीकृति भएपछि साधारण सभाले पारित गर्ने छ ।
Advertisment