लाभांश प्रस्ताव पारित गर्न निफ्राले डाक्यो साधारण सभा

लाभांश प्रस्ताव पारित गर्न निफ्राले डाक्यो साधारण सभा

काठमाडौं : नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) साधारणसभा डोको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको हो । 

Sponsored Advertisement

उक्त सभा पुस १७ गते मंगलबार अनुपमा फुडल्याण्ड एण्ड ब्याङ्क्वेट, बत्तिसपुतली, काठमाडौँमा हुनेछ । बिहिबार बसकेो बैंकको सञ्चालक समितिको बैठकले बैंकको पाँचौँ वार्षिक साधारण सभा गर्ने निर्णय रेको हो । उक्त सभा सो दिन बिहान ९ बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको ४.२१०५ प्रतिशतका दरले नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। त्यसैगरी, सभाले सञ्चालकको नियुक्ति अनुमोदन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

साधारण सभा प्रयोजनका लागि बैंकले पुस ६ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। जस अनुसार पुस ५ गतेसम्म कायम भएका शेयरधनीहरुले मात्र बैंकको साधारण सभामा सहभागिता जनाउन तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।


 

थप समाचार