Below Menu
Below Menu

समयमा काम नसक्ने १४ निर्माण कम्पनी कालोसूचीमा 

समयमा काम नसक्ने १४ निर्माण कम्पनी कालोसूचीमा 

काठमाडौं : सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न १४ निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ । शुक्रबार एक सूचना जारी गर्दै कार्यालयले उक्त कम्पनीहरुलाई एक वर्षदेखि तीन वर्षसम्मका लागि कालोसूचीमा राखेको हो ।

 विभिन्न सार्वजनिक निकायको सिफारिसमा कार्यालयले उक्त निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने निर्णय गरेको हो । निर्माण व्यवसायी वा आपूर्तिकर्ताले कालोसूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन नसक्ने समेत कार्यालयले जनाएको छ । 

कार्यालयले तीन निर्माण कम्पनीलाई तीन वर्षको लागि कालोसूचीमा राखेका छ । जसमा काठमाडौंको श्री सिरुवा कन्ट्रक्सन प्रालि र भारत कन्ट्रक्सन/मैनाचुली÷सिद्धिसाई जेभि रहेका छन् भने, रुपन्देहीको श्री साहनी बिल्डर्स पनि तीन वर्षका लागि कालोसूचीमा परेको छ ।

त्यस्तै कार्यालयले आरडी सप्लायर्स प्रालि, सुनौलो सिखम्ती कन्ट्रक्सन र एस कन्ट्रक्सनलाई दुर्य वर्षका लागि कालोसूचीमा राखेको छ । त्यसैगरी कागेश्वरी मनहरा नगरपालिकाको सिफरिसमा थापा–ओम निलकण्ठेश्वर जेभी एक वर्ष ६ महिनाका लागि कालोसूचीमा परेको कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार एक वर्षका लागि कालोसूचीमा परेका कम्पनीहरुमा वैष्णवी एण्ड लोकेन्द्र सप्लायर्स, खहरेखोला इन्टरप्राइजेज, टिम बिल्डर्स प्रालि, आईपी स्टेशनरी एण्ड जनरल सप्लायर्स, सार्थक निर्माण सेवा, सयपत्री निर्माण सेवा र आरोग्य बिल्डर्स एण्ड कन्ट्रक्सन प्रालि रहेका छन् ।
 
 

Advertisment

थप समाचार