काठमाडौं : सरकारले १० हजार थान स्मारिका सिक्का टमकरी राष्ट्र बैंकलाई स्वीकृति दिने भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै यस्तो जानकारी दिएकी हु्न ।
अर्थमन्त्रालयले १०० दरका १० हजार थान स्मारिका सिक्का टमकरी गर्न नेपाल राष्ट्र बैंकलाई स्वीकृति दिने निर्णय भएको मन्त्री शर्माले जानकारी दिइन् ।
यसका साथै खाद्य तथा पोषण सुरक्षा आयोजना दोस्रोका लागि विश्व बैंक मार्फत प्राप्त हुने दुई करोड अमेरिकी डलर स्वीकार गर्ने मन्त्रीपरिषद्ले निर्णय गरेको छ ।
प्राविधिक शिक्षाको क्षेत्रमा स्वीजरल्याण्ड सरकारले प्रदान गनेए ६५ करोड अनुदान पनि स्वीकार गर्ने निर्णय सरकारले गरेको छ ।
Advertisment