Below Menu
Below Menu

नेपालको ऋण २३ खर्ब माथि, चार महिनामा थपियो एक खर्ब १३ अर्ब 

नेपालको ऋण २३ खर्ब माथि, चार महिनामा थपियो एक खर्ब १३ अर्ब 

काठमाडौं : चालु आर्थिक वर्षको चार महिनाको अवधिमा एक खर्ब १३ अर्ब १६ करोड रूपैयाँ ऋण थपिएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार साउनदेखि कात्तिकसम्म ९७ अर्ब ३१ करोड आन्तरिक र १५ अर्ब ८५ करोड रुपैयाँ वाह्य ऋण थपिएको  हाे ।

जसमा साउनमा १५ अर्ब ७७ करोड, भदौमा ३६ अर्ब ६२ करोड र असोजमा ५९ अर्ब ८५ करोड र कार्तिकमा ९० करोड ९५ लाख रुपैयाँ ऋण थपिएको हो । यस अवधिमा बाह्य ऋण भने १५ अर्ब ८५ करोड लाख प्राप्ति भएको छ । कार्तिकमा सरकारले आन्तरिक ऋण उठाएकाे छैन ।

कार्यालयका अनुसार साउनमा १३ अर्ब ६ करोड, भदौमा ३१ अर्ब २० करोड र असोजमा ५९ अर्ब ८५ करोड र कात्तिकमा ९० करोड ९५ लाख गरी एक खर्ब १३ अर्ब १६ करोड रूपैयाँ ऋण उठाएकाे छ ।

यसका साथै कात्तिक मसान्तसम्ममा ५५ अर्ब ४४ करोड ६८ लाख आन्तरिक ऋण तिरेको छ । जसमा आन्तरिक ऋणको साँवा भुक्तानी ४२ अर्ब ८४ करोड १७ लाख र  बाह्य ऋणको साँवा भुक्तानी १२ अर्ब ६० करोड ५१ लाख रूपैयाँ भएको कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार तिर्न बाँकी सार्वजनिक ऋण २३ खर्ब ९७ अर्ब ६ करोड ८७ लाख रूपैयाँ पुगेको छ । गत असार मसान्तसम्म नेपालको सार्वजनिक ऋण २२ खर्ब ९९ अर्ब ३५ करोड २५ लाख रूपैयाँ रहेको थियो ।
 

Advertisment

थप समाचार