काठमाडौं : मिर्मिरे लघुवित्त वित्तीय संस्थाको एफपीओ नेप्सेमा सूचीकृत भएको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्सेले सोमबार कम्पनीको एक लाख २३ हजार ८१६ दशमलव ४५ कित्ता शेयर सूचीकृत गरेको हो ।
कम्पनीले गत असोज २५ गतेदेखि ३० गतेसम्म सर्वसाधारणमा निष्कासन गरेको एफपीओ सूचीकृत गरेको नेप्सेले जनाएको छ । संस्थाले प्रतिशेयर १०० रुपैयाँ अंकित दरमा १ करोड २३ लाख ८१ हजार ६४५ रुपैयाँ बराबरको १ लाख २३ हजार ८१६ दशमलव ४५ कित्ता शेयर निष्काशन गरेको थियो ।
लघुवित्तले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ९ बमोजिम सर्वसाधारणको पूँजी संरचना ३० प्रतिशत कायम गर्न एफपीओ जारी गरेको थियो ।
Advertisment