काठमाडौं : आशा लघुवित्त वित्तीय संस्थासहित तीन कम्पनीले दुई लाख कित्ताबढी संस्थापक शेयर बिक्रीमा ल्याएका छन् । सूर्योदय वोमी लघुवित्त व्त्तिीय संस्था, आशा लघुवित्त र मल्टीप्रपोस फाइनान्स कम्पनीले संस्थापक शेयरधनीको नाममा रहेको शेयर बिक्रीमा ल्याएका हुन् ।
कम्पनीहरुले २ लाख चार हजार ६३१ कित्ता संस्थापक शेयर विद्यमान शेयरधनीहरु र सर्वसाधारले समेत खरिद गर्न पाउने गरी बिक्रीमा ल्याएका हुन् ।
सूर्योदय वोमी लघुवित्तले ६० हजार ६१७ कित्ता र आशा लघुवित्तले ८७ हजार १४ कित्ता शेयर विद्यमान शेयरधनीका लागि बिक्रीमा ल्याएका छन् । यी दुई लघुवित्तको शेयर खरिदका लागि पनि आगामी ३५ दिनभित्र कम्पनीको केन्द्रिय कार्यालयमा आवेदन पेश गर्नुपर्नेछ ।
त्यस्तै मल्टीप्रपोस फाइनान्सले ५६ हजार कित्ता शेयर संस्थापक शेयरधनी र एक हजार कित्ता शेयर संस्थापक शेयरधनी र सर्वसाधारणले समेत खरिद गर्न पाउने गरी बिmत्रीमा ल्याएको हो ।
कम्पनीले ५६ हजार कित्ता शेयर खरिदका लागि इच्छुक विद्यमान संस्थापक शेयरधनीहरू आगामी ३५ दिनभित्र र एक हजार कित्ता शेयर खरिदका लागि संस्थापक सहित सर्वसाधारणले १५ दिनभित्र संस्थाको कम्पनी सचिवको कार्यालयमा आवेदन पेश गर्न सक्नेछन् ।
तोकिएको समयावधिभित्र संस्थापक शेयरधनीहरुबाट आवेदन नपरेमा प्रचलित कानुन बमोजिम पछि कम्पनीले बाह्य खरिदकर्तालाई संस्थापक शेयर बिक्री खुला गर्ने जनाएको छ ।
Advertisment