काठमाडौं : सांग्रिला डेभलपमेन्ट र शाइन रेसुङगां डेभलपमेन्ट बैंकको शेयरमूल्य समायोजन भएको छ । आइतबार नेपाल स्टक एक्सचेञ्ज नेप्सेले यी दुई विकास बैंकको शेयरमूल्य समायोजन गरेको हो ।
नेप्सेका अनुसार सांग्रिला डेभलपमेन्ट बैंकको ५ प्रतिशत बोनसपछिको शेयर २८० दशमलव ९५ रुपैयाँमा समायोजन भएको छ । बैंकको अन्तिम कारोबार २९५ रुपैयाँमा भएको थियो ।
त्यस्तै, शाइन रेसुङगां डेभलपमेन्टको १०.५० प्रतिशत बोनसपछिको शेयरमूल्य ३५२ दशमलव ९४ रुपैयाँमा समायोजन भएको नेप्सेले जनाएको छ । बैंकको अन्तिम कारोबार ३९० रुपैयाँमा भएको थियो ।
Advertisment