काठमाडौं : सरकारले ट्रेजरी बिल मार्फत १८ अर्बबढीको आन्तरिक ऋण उठाउने भएको छ । सोमबार १८ अर्ब ५० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्न लागेको राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले जनाएको छ ।
राष्ट्र बैंकले पाँच अर्ब रुपैयाँ बराबरको २८ दिने र ६अर्ब रुपैयाँ बराबरको १८२ दिने र सात अर्ब ५० करोड रुपैयाँ बराबरको ३६४ दिने ट्रेजरी बिल नविकरण गर्न लागेको हो । बैंकका अनुसार २८ दिन अवधिको ट्रेजरी पुस १० गते १८२ दिन अवधिको २०८१ जेठ १५ गते र ३६४ दिन अवधिको ट्रेजरी बिल २०८१ मंसिर ११ गते परिपक्क हुनेछ ।
उक्त ट्रेजरी बिलको बोलकबोल सोमबार दिँउसो ३ बजे हुने छ । मंगलबार बाँडफाँट हुनेछ । यसअघि बैंकले आठ अर्ब रुपैयाँ बराबरको २८ दिने र ८ अर्ब रुपैयाँ बराबरको १८२ दिने ट्रेजरी बिल नविकरण गरेको थियो ।
यसका साथै बैंकले चार अर्ब २३ करोड ३२ लाख रुपैयाँ बराबरको ट्रेजरी बिल नविकरण र तीन अर्व रुपैयाँ बराबरको नयाँ गरी ९१ दिन अवधिका लागि सात अर्ब २३ करोड ३२ लाख रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गरेको थियो ।
Advertisment